arrow

मंगलादेवीको जन्मजयन्ती, राणाकालमा गरेको संघर्षको नतिजा आजको उपलब्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
prakashman-singh-81-8-25y.jpeg

काठमाडौँ । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् । 

नेपाल महिला संघ काठमाडौँले मंगलादेवी सिंहको शतवार्षिकी जन्मजयन्तीका अवसरमा नयाँ बानेश्वर बसन्तनगरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्कमा रहेको मंगलादेवी सिंहको शालिकमा माल्यार्पणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपालको महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मंगलादेवी सिंहको योगदान महत्वपूर्ण रहेको बताए । 

राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्ति माथिको हक अधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मंगलादेवी सिंहले संघर्ष गरेकै कारण उपलव्धि हासिल भएको उनको भनाइ छ । 

‘अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि पनि हो,’ उनले भने ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघको स्थापना भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ