arrow

टेलिकमको दशैँ लक्षित अफर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
nepal-telecom-building.jpg

काठमाडौँ । नेपाल टेलिकमले दशैँ तिहार तथा छठ लगायतका पर्वको अवसरमा अफर सार्वजनिक गरेको छ । अफर असोज १३ गतेदेखि शुरु भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

अफरअन्तर्गत साविकका एफटीटीएचका प्याकेजमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराइएको छ । 

५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा र कम्बो प्याकेजमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ ।

यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शुल्क ५०० रुपैयाँ मिनाहासमेत गरिएको छ ।

यसैगरी दशैँ अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकका लागि ७९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।

साथै २५० रुपैयाँमा एक हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको एक हजार मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा एक हजार अन नेट एसएमएस सुविधाको एक हजार अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । 

यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ