arrow

निकुञ्जहरुमा देखिएका समस्या र समाधानका उपायसहित सरकारलाई समितिले प्रतिवेदन बुझाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
mayaprasad-sharma.jpg

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय निकुञ्जहरुको अवलोकन भ्रमणका क्रममा देखिएका समस्या र समाधानका उपायसहित सरकारलाई सुझाव प्रतिवेदन बुझाउने भएको छ ।बुधवार सिंहदरबारमा बसेको बैठकमा समिति सभापति मायाप्रशाद शर्माले हालै अवलोकन भ्रमणका क्रममा निकुञ्जहरुमा देखिएका समस्याहरुलाई समेटेर ऐन र नियमावली बनाउने गरी सुझावको रुपमा सरकरलाई प्रतिवेदन बुझाउने बताए । उनले अवलोकन भ्रमणका क्रममा देखिएका समस्याहरु र समाधानका उपायहरु समितिले औंल्याइदिने उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको बताए । समितिले भ्रमणका क्रमम अधिकांश निकुञ्जहरुमा सडकको समस्या रहेको पाइएको उनको भनाइ छ । 

सभापति शर्माले भने, ‘राष्ट्रिय निकुञ्जहरुका सम्बन्धमा देखा परेका समस्याहरु अन्तरम्बन्ध र अन्तरविरोधका कुराहरु, विकास र वित्तियका सम्बन्धमा अझै धेरै कुराहरु उठेका छन् । तिनै शिर्षकमा समस्याहरुलाई केन्द्रिकृत गरेर भन्ने विषयमा केन्द्रित गर्‍यौं भने रामो होला जस्तो लाग्छ । हामीले समस्या देखाइदिने हो हल गर्ने दायित्व राज्यको हे । जस्तै निकुञ्जहरुमा सडकको समस्या छ, खानेपानीको समस्या छ । सडकहरुलाई कसरी मिलाउने र अवलोकनका क्रममा आएका समस्याहरुलाई केन्द्रित गर्‍यौं भने सरकारलाई काम पनि सजिलो हुन्छ । त्यस्तै राष्ट्रिय निकुञ्ज ऐन बनाउने कुरामा पनि सरकारलाई सुझाव दिनुपर्छ । विभिन्न निकुञ्जका सवालमा कार्यविधिहरु फरक भएपनि ऐन त एउटै हुने होला । ऐनमा के लेख्ने सरकारले लेख्नेकुरा भयो । ऐनमा समेट्ने विषयहरु हामीले सुझाव दिन्छौं ।’

बैठकमा राष्ट्रिय सभा सदस्य रेनु चन्दले राष्ट्रिय निकुञ्जहरुको नीतिगत र व्यवहारिक सुधारमा सरकारले काम गर्नुपर्ने बताइन् । उनले सबै निकुञ्जहरुका साझा र विशिष्ट खालका समस्याहरुबारे सरकारलाई सुझावको रुपमा दिनुपर्ने उनको धारणा थियो । उनले भनिन्, ‘राष्ट्रिय निकुञ्जहरुको नीतिगत र व्यवहारिक सुधारमा काम गर्नुपर्ने हुन्छ । सबै निकुञ्जका साझा समस्याहरु के हुन् ? अध्ययनबाट आएका विषयहरु मिलाएर समाधान गर्न सकिने कुराहरु सुझावका रुपमा दिनुपर्छ । विशिष्ट खालका समस्याहरुलाई छुट्टै रुपमा राख्नुपर्दछ । अब बन्न लागेका निकुञ्जसम्बन्धी ऐन र नियमावलीलाई सहयोग पुग्ने गरि हामीले काम गर्नुपर्‍यो ।’

बैठकमा राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सिनाले तिहारको रौनक र आवश्यक समन्वयन गर्न नसकिएको कारण प्रभावकारी रुपमा छलफल बहस गर्नुपर्ने आवश्यकता रहेको बताइन् । अवलोकन भ्रमण गरिएका निकुञ्जहरुमध्ये चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढि भएका कारण धेरै कुरा बुझ्न नसकेको बताइन् । उनले भनिन्, ‘हामीले जतिवटा निकुञ्जमा अध्ययन भ्रमण गर्‍यौं, त्यसमा चितवनमा अझै अपुरो रहेको महशुस भएको छ । चितवनमा हामीले खासमा वाडेनसँग मात्रै छलफलहरु गर्‍यौं । सरोेकारवाला सबैसँग छलफल गर्न पाएनौं । क्षेत्रफल बढी भएका करण पनि हामीले धेरै अध्ययन गर्न पाएका छैनौं । यहाँ बैठकमा थप छलफल गरौं ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ