arrow

ह्वात्तै घट्यो नेप्से, कारोबार १० अर्बको 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । मंगलबार नेप्से ५१ अंकले घटेको छ । नेप्से ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा बन्द भएको छ ।

कुल ३१० कम्पनीका २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख बराबरको कारोबार भएको थियो ।

आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी एनगाडी ग्रुपको शेयर मूल्यमा सबैभन्दा बढी ९.२५ प्रतिशतले गिरावट भएको छ ।

त्यस्तै सबैभन्दा बढी एनगाडी पावरको ४६ करोड ६८ लाख ९९ हजार बराबरको कारोबार भएको छ भने एनगाडी पावरकै सबैभन्दा बढी ८ लाख ८८ हजार ३१९ कित्ता शेयर कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ