महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २५ शुक्रबार
612
Shares
काठमाडौँ । प्रत्येक वर्ष महानवमीका दिन मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने सो मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । आजमात्र खुल्ने मन्दिर भएकाले लाम बस्ने जतिलाई दर्शन गराइने कार्यालयले जनाएको छ ।