एनएमबि बैङ्कको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विशेष छुट
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
599
Shares
काठमाडौँ। एनएमबि बैङ्कले बुद्ध भिसा डेबिट कार्ड (सह-ब्रान्डेड कार्ड) होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १०% क्यास ब्याक, अधिकतम रु. ५०० सम्म दिने घोषणा गरेको छ।
चाडपर्वको समयमा, बैङ्कले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो। यो अफर छठ सम्मको लागि लागू हुनेछ। जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ। थप जानकारीका लागि बैङ्कको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
एनएमबि बैङ्कले हाल देश भरी २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।