कांग्रेसको व्यवसायिक सीप विकास विभागमा सदस्य मनोनित
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
1.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसको व्यवसायिक सीप विकास विभागमा सदस्यहरू मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम गंगालक्ष्मी अवाल प्रमुख रहेको व्यवसायिक सीप विकास विभागमा दश जना सदस्य मनोनयन गरेका हुन् ।