तीन जना बेपत्ता भएको सुनकोशीमा खसेको गाडी निकालियो, खोजी जारी
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
817
Shares
काठमाडौँ । सिन्धुलीमा भएको दुर्घटनामा सुनकोशी नदीमा खसेको गाडी निकालिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ ।
शनिबार साँझ करिब साढे ५ बजे हाइलक्स गाडी सुनकोशीमा खस्दा ३ जना बेपत्ता भएका थिए । भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो ।
बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु र बलाम घटुवा रहेका छन् । गाडी सुनकोशीमा खसेलगत्तै एक जना भने पौडेर बाहिर निस्किएका थिए । नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएका हुन् ।
बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी रहेको छ ।