नयाँ महिनामा ओरालो यात्रामा नेप्से, २८ अर्ब ८४ करोडको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
886
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नयाँ महिना भदौको पहिलो कारोबारको दिन आइतबार नेप्से ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा बन्द भएको छ । ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर ३ लाख ९१८ पटक खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ बराबरको कारोबार भएको छ ।
सेन्सेटिभ इण्डेक्स ६.६५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २।२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।५० अंकले घटेको छ । आइतबार ४७ स्टकको मूल्य बढेको छ भने १९७ स्टकको मूल्य घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालय रिइन्सुरेन्सको ८२ करोड १४ लाख ८१ हजार १३५ कारोबार भएको छ ।