काठमाडौँ। नेप्से परिसूचक ११३ अङ्कले बढेको छ। आइतबार नेप्से ११३.४२ अङ्कले बढेर २६८१.५६ को विन्दुमा पुगेको छ। मौद्रिक नीतिपछि पहिलो कारोबार दिन आज दुई पटक सर्किट ब्रेक लाग्दा सुरुमा २० मिनेट र त्यसपछि ४० मिनेट कारोबार अवरुद्ध थियो।
नेप्सेका अनुसार आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँको कारोबार भएको छ।
आज ३१५ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर एक लाख ६३ हजार ८१० पटक खरिदबिक्री भएको छ ।
आज बैङ्कहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनआइएमबी, सानिमा, एनएमबी, प्रभु, ग्लोबल आइएमइ, सिटिजन, प्राइम, कृषि विकास बैङ्क र नेपाल बैङ्कको शेयरमा सकारात्मक सर्किट लागेको छ उपकार लघु वित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी गणपति लघुवित्तको शेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कुमारी बैङ्कको ३६ करोड १० लाख बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा पनि कुमारी बैङ्कको १७ लाख ६ हजार ५८२ कित्ता शेयर किनबेच भएको छ।