arrow

प्रदेश टुक्र्याउन नमिल्ने भन्दै रोल्पाका सांसद बिरोधमा

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ मंसिर २० सोमबार
birodrolpa.jpeg
 लिबाङ (रोल्पा )। संयुक्त संघर्ष समिति रोल्पाले ५ नं प्रदेशबाट रोल्पा प्यूठान लगायतका पहाडी जिल्ला छुट्याउने गरी संससदमा भएको विधेयका विरुद्ध बिरोधमा सांसदहरु पनि सहभागी भएका छन् ।
  
बिरोध कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद अमरसिंह पुनले आफ्नो पद भन्दा रोल्पा र रोल्पाली जनता प्यारो भएको बताए । उनले भने “म पाटीको ह्वीप र पाटीको निर्देशन नमानेर रोल्पाली जनताको पक्षमा उभिन तयार छु यसैकारणले मलाई कारबाही हुन्छ भने म त्यो पनि सहन तयार छु तर कुनै हालतमा प्रदेश टुक्र्याउन पाइदैन ।
 
 काठमाण्डौको राजधानी रोल्पा दिने आश्वासन थियो संभव भएन प्रदेशको राजधानी रोल्पा बनाउने आश्वासन पनि संभव भएन । हामीलाई पोखरामा जानुपर्ने बाध्यता किन पर्‍यो । यस विषयमा माओबादी नेताहरुले बुझ्नुपर्ने जरुरी छ । हामीलाई झुठा आश्वासन कहिले सम्म दिने रोल्पालाई पायक पर्ने ठाउँबाट किन टुक्याउने ” उनले भने।
 
पुनले शासन सत्ता चलाउने जिम्मा रोल्पाली नेताहरुलाई हुँदाहुँदै पनि रोल्पाली जनताले दुःख पाउनु लज्जास्पद भएको बताए । कुनैपनि हालतमा ५ नं प्रदेश टुक्रिन नहुने बताउदै उनले भने हामीले सामाजिक सांस्कृतिक आर्थिक कारणले हामी ५ नं प्रदेश अखण्ड चाहन्छौं ।
 
यसैवीच नेपाली कांग्रेसका पूर्व सासद लेखनाथ आचार्यले प्रदेश टुक्याउने नाममा रोल्पा र रोल्पालीमाथि कुठाराघात गरेको आरोप लगाए । उनले कुनै हालतमा प्रदेश टुक्याउने कुरा रोल्पालीका लागि सह्य नहुने बताउदै जस्तो सुकै बलिदानी गर्न तयार रहेको समेत जानकारी दिए ।
 
यसैवीच नेकपा एमालेकी पूर्व सांसद रिमा नेपालीले सुदुरपूर्व र सुदुर पश्चिमको समस्या ल्याएर रोल्पामा आगो लगाउन  खोजेको आरोप लगाए  । उनले जनताको हित बिपरित संविधान संसोधन गर्नु घोर निन्दनीय भएको समेत बताए ।  
 
जिल्लामा सोमबार दिउसो देखि सम्पूर्ण बजार बन्द गरिएको छ ।  यसैगरी भोलिदेखि नियमित रुपमा सुलिचौर, होलेरी, जुगार, घर्तीगाउ, जिनाबाङ लगायतका गाविसहरुमा क्रमश विरोध कार्यक्रम गर्ने आयोजकले जनाएको छ । आज सम्पन्न कार्यक्रममा साहित्यकारहरुले विभिन्न रचना मार्फत बिरोध जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ