arrow

२२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको अनसन तोडियो

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
kc-new-gharti.jpg.jpeg
काठमाडौं । विभिन्न माग राख्दै २२ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीले अनसन तोडेका छन् । शनिबार राती सरकारसँग १२ बुँदे सहमति भएपछि विहान नौ बजे अनसन तोड्ने बताएको भएपनि उनले केही ढिला गरी अनसन तोडेका हुन् । 
 
उनको मागको विषयमा सरकारसँग शनिबार केसीको १२ बुँदे सम्झौता भएको थियो । उनले करिब ३ वर्षीय बालकको हातबाट जुस खाएर अनसन तोडेका हुन् । 
 
विश्वविद्यालय तथा प्रतिष्ठानको सिनेटबाट पदाधिकारी नियुक्त गर्दा वरिष्ठताको आधारमा गर्ने, त्यसका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा एउटा समिति गठन गर्ने लगायतका सहमित भएपछि केसी अनसन तोड्न सहमत भएका थिए । 
 
अनसन ताेडैपछि पत्रकारहरुसँग कुराकानी गर्दै डा. केसीले पछिल्लो सम्झौता पनि कार्यान्वयन नभए फेरि अनसन बस्ने स‌केत गरे । उनले सहमति कार्यान्वयन नभए जस्तोसुकै कठोर कदम चाल्न पनि आफू तयार रहेको बताएका छन् ।
 
"सम्झौता कार्यान्वयनका लागि निरन्तर खबरदारी नागरिक समाजले, सञ्चारमाध्यम लगायत सबैले मिलेर गर्नुपर्छ।' उनले भने 'तैपनि कुरा सुनिएन भने अहिलेको जस्तै कदम चाल्न म बाध्य हुनेछु।' उनले अनसन तोडेपनि त्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामाका लागि निरन्तर दबाब दिइरहने उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ