काठमाडौ । २५ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा राष्ट्रिय अपाङ्ग महासंघको सकृयतामा प्रभातफेरी आयोजना गरिएको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी रत्नपार्क, बागबजार, पुतलीसडक हुदै पुन भृकुटीमण्डपमा नै गएर समापन भएको थियो ।
अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार तथा आम जनतामा जनचेतना जगाउने उदेश्यले डिसेम्बर ३ तारिकलाई अन्तराष्ट्रिय अपाङ्गत दिवस मनाउदै आइएको छ ।
अझै पनि अपाङ्गता भएका ब्यक्तिलाई राज्यले हेर्ने दृष्टिकोणमा कानुनी रुपमा केही सुधार भए पनि ब्यवहारिक रुपमा उल्लेख काम हुन नसकेको यस क्षेत्रमा काम गर्नेहरुले बताउदै आएका छन् । अपाङ्गता भएका ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन आवाजहरु उठेपनि खासै सरकारले उल्लेख काम भने हुन सकेको छैन् ।
यसै अवसरमा प्रधानमन्त्री पुष्प कमल दाहाल पनि आफ्नै निवासमा सुक्रबार अपाङ्गता सरोकार सम्बन्धी ब्यक्तिहरुसग अन्तर्क्रिया आयोजना गरेका थिए ।
तर उनले अपाङ्गता भएका ब्यक्तिहरुलाई भबिश्यमा पेन्सन दिने आश्वसान मात्र दिए ।अपाङ्गता भएका ब्कयतिहरुलाई जुनसुकै सरकार आए पनि आवश्वास दिने काम बाहेक ब्वहारिक रुपमा उनीहरुलाई आत्मनिर्भर हुने किसिमले कार्यक्रम भने अझै ल्याउन सकेको छैन् ।