arrow

‘राज्यको पुनःसंरचनाका काम अवैज्ञानिक’

लोकतन्त्रमा नौलोपनको अनुभूति गर्न पाइएको छैन : अशोक राई

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
ashok-rai-news-aaja.jpeg
खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले राज्यको पुनःसंरचनाका काम अवैज्ञानिक र हचुवाका भरमा गरिएको बताएका छन्  । 
 
पार्टीको होलेसुङ तुवाचुङ नगर समितिले शुक्रबार हलेसीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता राईले संविधान संशोधनका पक्षमा काँग्रेस खुलेर बोल्न नसकेको, माओवादीले ढुलमुले प्रवृत्ति देखाएको र एमाले अस्वीकारका पक्षमा उभिएको बताए । 
 
उनले भने“लोकतन्त्र भनेको जनताको अँध्यारोमा उज्यालो, नाङ्गालाई लुगा, भोकालाई खाना, रोगीका लागि औषधि हो, र हुनुपर्छ ।” राजतन्त्र र लोकतन्त्रान्त्रिक प्रणालीमा जनताले कुनै फरकपन र नौलोपन अनुभूत गर्न नपाएको राईको भनाइ थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ