arrow

माओवादी केन्द्रको बैठक स्थगित

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
maoist-head-quarter.jpeg
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को कार्यव्यस्तताका कारण शुक्रबारका लागि तोकिएको नेकपा(माओवादी केन्द्र)को पोलिटब्युरो बैठक स्थगन भएको छ । 
 
प्रधानमन्त्री सरकार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा आन्तरिक छलफलमा व्यस्त हुनुपर्ने भएकाले शुक्रबारको बैठक स्थगन भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । 
 
बैठकमा पार्टी अध्यक्ष समेत रहेका दाहालले प्रस्तुत गरेको संविधान संशोधन, पार्टीको तीनमहिने कार्ययोजना तथा मुलुकको पछिल्लो राजनीतिक अवस्था समेटिएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यतालिका थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ