arrow

सन स्टारको नयाँ एम्बुलेन्स रोल्पामा

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
Amnulence.jpeg
लिबाङ (रोल्पा) । सन स्टार युवा क्लव रोल्पाले शुक्रबारदेखि नयाँ एम्बुलेन्स सेवा संचालन गरेको छ । 
 
भारत सरकारको सहयोगमा रा.१.च. ६५७ नंम्बरको एम्बुलेन्सप्राप्त भएको क्लवका अध्यक्ष पुरण क्षेत्रीले जानकारी दिए । 
 
एम्बुलेन्सको शुक्रबार प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले उद्घाटन गरे । क्लवले एम्वुलेन्स संञ्चानका साथै जिल्लामा विभिन्न गतिविधि संचालन गर्दै आएको छ । 
 
उद्घाटन कार्यक्रममा स्थानीय विकास अधिकारी सुशील बैद्य, प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगर, प्रमुख अनुसन्धान अधिकृत नरेन्द्रराज गिरी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । रोल्पा जिल्लामा अब यो सहित ९ वटा एम्बुलेन्स संचालनमा रहनेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ