देउवाले गरे पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
1.5k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रंगमती शाही प्रमुख रहेको कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनित गरेको मुख्य सचित कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
मनोनयन भएका सदस्य :
१. दुधकुमारी हमाल, डोल्पा
२. डा. साझना खातुन, रौतहट
३. स्मारिका विष्ट, काठमाडौँ
४. उत्तम सिंखडा, धादिङ्ग
५. रामकुमार राई, भोजपुर
६. ऐनबहादुर मल्ल, बाजुरा
७. अर्जुनप्रसाद रेग्मी, पाल्पा
८. नरबहादुर रोकाया, हुम्ला
९. हरिशंकर तिमिल्सेना, दैलेख
१०.हिराप्रकाश गौचन, बाग्लुङ्ग ।