arrow

टेलिकमको जीएसएम लाइसेन्स पाँच वर्षका लागि नवीकरण, कति तोकियो शुल्क ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
nepal-telecom-building.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल टेलिकमको साधारण मोबाइल लाइसेन्स (जीएसएम) नवीकरण भएको छ । शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमको लाइसेन्स थप ५ वर्षका लागि नवीकरण गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले टेलिकमलाई ५ वर्षको लागि २१ अर्ब रुपैयाँ दस्तुरसहित लाइसेन्स नवीकरण गरेको जानकारी दिए । 

टेलिकमले अघिल्लो ५ वर्षका लागि २० अर्ब रुपैयाँ दस्तुर तिरेको थियो । बिहीबार दस्तुर बुझाएसँगै मन्त्रिपरिषद्को बैठकले टेलिकमको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो । 

सो बमोजिम आज प्राधिकरणले लाइसेन्स नवीकरण गरेको हो । टेलिकमको लाइसेन्स शुक्रबार मध्य रातदेखि सकिँदै थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ