arrow

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
chandra-dhakal-corporate-excellence-award-2024.jpg

काठमाडौँ। नेपाल चार्टर्ड एकाउण्टेण्ट्स सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ।

बिहीबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दन–पत्रसहित खादा लगाएर सम्मान गरेका हुन्।

अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको सङ्घले जनाएको छ।

“आफ्नो जन्म र प्रारम्भिक शिक्षा पश्चिम नेपालको विकट ग्रामीण समाजबाट प्रारम्भ गर्नुभई मुलुककै अर्थ, व्यापार, उद्योग, बैङ्किङ, विप्रेषण, पर्यटन, जलविद्युत, बिमा तथा समाजसेवाका क्षेत्रमा सफल साम्राज्य खडा गर्न सफल भएका छन्। मलुलुको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी एवम् अनेकौँ क्षेत्रको संरचना निर्माण, उत्थान र सञ्चालनमा यहाँको लगन, समर्पण, योग्यता र क्षमताको सम्मान स्वरूप यहाँलाई यो सम्मान प्रदान गरिएको हो,” अभिनन्दन पत्रमा उल्लेख गरिएको छ।

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए। उनले उक्त सम्मानले भविष्यमा आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ