arrow

कांग्रेसलाई गलाउने गठबन्धनको प्रयास असफल, रविको छानबिन हुनैपर्ने अडान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
gathabandhan-sabamukh-01-25.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई गलाउने सत्ता गठबन्धनको प्रयास असफल भएको छ । कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग कायम राखेको छ । 

मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् । उनले बैठकमा संघीय संसद्को आगामी अधिवेशनका बारेमा छलफल भएको र नेपाली कांग्रेसले संसदीय छानबिन समिति हुनुपर्ने मागलाई यथावत् राखेको बताए ।

 उनले सरकार संघीय संसद्को आगामी अधिवेशनमा प्रस्तुत हुँदा सहकारीमा बचतकर्ताहरूले बचत गरेको रकम फिर्ता गर्नका लागि गम्भीर भएर लाग्नेमा आशावादी रहेको बताए । उनले सहकारीको रकम हिनामिनामा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको देखिएको बताए । उनले सरकारले सहकारी पीडितहरूको विषयलाई गम्भीरतापूर्वक नलिएको र समस्या सम्बोधन नगरेको जिकिर गरे ।

उनले भने, ‘संघीय संसद्को आगामी अधिवेशनका बारेमा छलफल भयो । हामीले संसदीय छानबिन समितिको जुन माग गरेका थियौँ । हामीले त्यही कुरा राखेका छौँ। हामीले के विश्वास लिएका छौँभने सरकार संघीय संसद्को आगामी अधिवेशनमा प्रस्तुत हुँदा सहकारीमा लाखौँ बचतकर्ताहरूले अर्बौँ रुपैयाँ बचत गरे । त्यसको हिनामिना र अपचलन भयो । त्यसलाई छानबिन गर्न जरुरी छ । त्यसका बारेमा सरकारका स्वयं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको कुरा चारैतर्फबाट देखिएको अवस्था छ । हामीले शंकाको सुविधा दिएका छौँ । राजीनामा र मुद्दा अहिले हुनुपर्छ भनेका छैनौँ । कुरा उठिसकेपछि संसदीय छानबिन समिति बनाएर अघि बढ्नुपर्छ भनेका छौँ । सरकार बनाउँछ भन्ने विश्वास छ । सरकारले सहकारी पीडितहरूको विषयलाई गम्भीरतापूर्वक लिएन । सहकारी पीडितको समस्या सम्बोधन नगरेको देखिएको छ । संसदीय छानबिन समिति बनाउनुपर्छ । यो मान्य रविजीका लागि पनि राम्रो हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ