arrow

डा केसीसँग वार्ता गर्न शिक्षा र स्वाथ्य सचिवलाई जिम्मा

logo
प्रकाशित २०७३ मंसिर ११ शनिबार
kc-new-gharti.jpg.jpeg
काठमाडौँ। सरकारले अनशनरत चिकित्सक डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ । 
 
चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै दुई सातादेखि आमरण अनशनमा बसेका डा केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेती रहेको वार्ता टोली गठन गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा टोली गठन भएको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिए । 
 
सरकारले डा केसीका पूरा हुन सक्ने माग सम्बोधन गर्न तथा उनको जीवन रक्षाका लागि टोलीका तर्फबाट सक्दो प्रयास गर्ने स्वास्थ्य सचिव डा उप्रेतीले बताए । केहीदिन अघि स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा केसीलाई भेटी समस्या समाधनका लागि वार्ता टोली बनाउने वचन दिएका थिए । डा केसीको यो दसौँ  अनशन हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ