arrow

लगानीकर्तालाई चन्द्र ढकाल भन्छन् – नेपालमा लगानीको वातावरण राम्रो बनेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
lagani-sammelan-81-chandra-.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको राम्रो वातावरण बनेको बताएका छन् । तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले नेपालको पर्यटन, पूर्वाधार, उर्जा क्षेत्रमा लगानीको उच्च सम्भावन भएको बताए ।

नेपाल रणनीतिक भौगोलिक अवस्थिति  राम्रो भएको भन्दै ठूला दुईवटा अर्थतन्त्र भएका देशलाई बजारको रुपमा प्रयोग गर्न सक्ने उनको बनाइ थियो ।

पर्यटनको हिसाबले नेपालमा सांस्कृतिक र प्राकृतिक पर्यटन सम्भाव्य भएको उनले बताए । नेपाल ‘हिल एण्ड हिमालय’ तथा ‘गड एण्ड गडेस’ को मुलुक भएको भन्दै उनले हिल स्टेशन तथा स्नो माउन्टेन नेपालको महत्वपूर्ण सम्पदा भएको उनको भनाइ छ । 

कृषि उत्पादन गरेर गल्फ देशहरुमा निर्यात गर्नसक्ने सम्भावना प्रशस्त रहेको ढकालले बताए । प्राविधिक शिक्षा र सूचना प्रविधिमा समेत लगानीको सम्भावना उच्च रहेको उनको भनाइ छ । 

सम्मेलनमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले समेत नेपालको उर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, कृषि लगायत क्षेत्रमा लगानी गर्न उपयुक्त भएको बताएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ