arrow

'भारतीय संविधान सङ्घीय संरचनामा उपयोगी'

logo
प्रकाशित २०७३ मंसिर ११ शनिबार
indian-envoi-ray-ajaya-shankar-nayak.jpeg
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले भारतीय संविधान सङ्घीय संरचनामा निकै उपयोगी भएको बताउनुभएको छ । भारतको संविधान १२५औँ स्थापनाका अवसरमा नेपाल–भारत बिपी कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उहाँले भारतको संविधान मौलिक हक, न्यायिक स्वतन्त्रताका साथै सङ्घीय संरचनामा उपयोगी भएको बताउनुभयो । 
 
विश्वकै ठूलो संविधानका रुपमा परिचित भारतको संविधान मौलिक र त्यहाँको जनताको भावना बुझ्ने खालको भएको उहाँले उल्लेख गर्नुभयो । नेपालका लागि भारतीय राजदूत रणजित रायले भारतको संविधान निर्वाचित प्रतिनिधिले नबनाएको भए तापनि कठोर नभई लचिलो भएको बताउनुभयो । उहाँले नेपाल–भारतबीच धार्मिक तथा सांस्कृतिक रुपमा नजिकको सम्बन्ध रहेको उल्लेख गर्नुभयो । 
 
सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्रलालले भारतको संविधानमा शक्ति पृथकीकरण र सन्तुलनको दृष्टिकोणले निकै उपयुक्त भएको बताउनुभयो । प्रा डा सूर्य ढुङ्गेल, डा निश्चलनाथ पाण्डेले भारतको संविधान सङ्घीय संरचनामा निकै राम्रो देखिएको र ठूलो संविधान भइकन पनि प्रभावकारी कार्यान्वयन हुनु अत्यन्तै राम्रो विशेषता भएको चर्चा गर्नुभयो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ