arrow

राष्ट्रपतिले गरे राजाको स्वागत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
ramchandra-king-thani-welcom.jpg

काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका राजा थानी नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज यहाँ आइपुगेका हुन् । 

 राजा थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । 

राजा थानीलाई स्वागत गर्न राष्ट्रपति पौडेलसहित उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका मन्त्रीहरु समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

राष्ट्रपति पौडेलले राजा थानीको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने छन् ।

राजा थानीले बुधबार १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने छन् ।

कतारी अमिरको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी उनको आगमन र प्रस्थानका समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य सबै उडान १५र१५ मिनेट स्थगित गरिएको थियो। 

उनको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ