arrow

सेतो मच्छिन्द्रनाथको पूजा अर्चना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
seto-machhendranath.jpg

काठमाडौं । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी (मंगलवार) बाट शुरु भएको रथजात्राको रथ तानेर मंगलवार नै असन पुर्‍याइएको थियो । 

तीनधारा पाठशालाबाट शुरु भएको रथ जात्रालाई मंगलवार जमलबाट तानेर असन पुर्‍याइएको थियो । आज (बुधवार) रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमान ढोका पुर्‍याइनेछ । 

चैत ६ गते सो रथलाई हनुमान ढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ । 

पानी, सहकाल र दीर्घ जीवनको कामना गर्दै यो रथयात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रूपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा शुरु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ