arrow

फुटको संघारमा गठबन्धन, एससँग गर्जिए ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
kp-oli-80-01-03.jpg

काठमाडौँ । सत्तारुढ गठबन्धन फुटको संघारमा पुगेको छ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीसँग गर्जिएका छन् । 

अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै एकीकृत समाजवादी पार्टीप्रति आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने बेलामा कांग्रेस निकट भएमात्रै नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीमा सहयोग गर्न सकिने भनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले चालेको कदम अराजनीतिक प्रवृत्तिको भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । 

उनले कांग्रेस नजिक भएर सत्ता समीकरणलाई कमजोर बनाउने र यसलाई असफल बनाउन नेकपा एसले अराजनीतिक निर्णय लिएको आरोप समेत लगाए । उनले सुदूरपश्चिम प्रदेशमा कांग्रेस केन्द्रित समीकरणबाट नागरिक उन्मुक्ति पार्टीलाई समर्थन गर्ने नेकपा एसको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढङ्गबाट प्रकट भएको जिकिर पनि गरे । 

कांग्रेस लगायतका विपक्षहरूको आशा पलाउने तथा जनतामा आशंका, अन्योल र निराशा केही मात्रामा भए पनि पैदा हुने गरी नेकपा एसले सो निर्णय लिएको ओलीको भनाई थियो । उनले कम्युनिष्ट साइनबोर्ड राख्ने, नेकपा राख्ने अगाडि र काम अरूको हितमा गर्ने र समाजवादको पक्षधरहरूलाई कमजोर पार्ने खालको भूमिका नेकपा एसको देखिए पनि आफ्नो पार्टी समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ मिसन २०८४ लाई सफल पार्न लागि रहने बताए ।

ओलीले भने, ‘अराजनीतिक प्रवृत्ति बहुतै हाबी भएको छ । हिजो मात्रै एस भन्ने पार्टी छ एउटा । त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने, हामी भन्दा पृथक् हुने हो भने अर्को गुटबाट जाने र कांग्रेससँग नजिक भएर कांग्रेसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरणलाई कमजोर बनाउने, यसलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सहमत हुने । अथवा निःशुल्क सेवा पनि नागरिक उन्मुक्तिको गर्न सक्ने भनेर हिजो मात्रै प्रधानमन्त्रीको दावी गर्ने, मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो । सुदूरपश्चिममा । त्यसका एकीकृत समाजवादी के नामको पार्टी, त्यसले त्यस प्रकारको अराजनीतिक निर्णय लियो । जुन सही दिशामा राजनीति फर्किँदै थियो । अहिले यतिबेला आन्तरिक रूपमा त्यसमा विपक्षहरूको आशा पलाउने गरी जनतामा आशंका, अन्योल र निराशा केही मात्रामा भए पनि पैदा हुने गरी त्यस पार्टीले कदम चाल्यो । आन्तरिक रूपमा त्यसका बोली, व्यवहार, बार्गेनिङ सबै त्यस्तै खालको थिए । तर हिजो बाहिर नै प्रकट भयो । यस समीकरणबाट नागरिक उन्मुक्ति पार्टीलाई समर्थन नगर्ने । कांग्रेस केन्द्रित समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन गर्ने । एस पार्टीको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो । यस्तो नहुनुपर्ने थियो । कम्युनिष्ट साइनबोर्ड राख्ने, नेकपा राख्ने अगाडि । र काम चाहिँ अरूको हितमा गर्ने र समाजवादको पक्षधरहरूलाई कमजोर पार्ने खालको भूमिका बाहिर देखियो । सडकमा देखियो । यसैले कुनै फरक पार्नेवाला छैन । यसले केही फरक पार्नेवाला छैन । मैले पहिले देखिनै साथीहरूलाई भनिराखेको छु–हामी समाजवादको आधार तयार पार्ने, समृद्ध नेपाल: सुखी नेपालीको गन्तव्यमा पुग्ने । समाजवाद भनेको नै त्यही हो–समृद्ध नेपाल: सुखी नेपाली । यसमा हामी अगाडि जाने, त्यो गन्तव्यमा पुग्ने, त्यसका लागि हामीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्ने भनेका छौं । यो चिजहरू हामी बिर्सँदैनौँ । हरेक जङचरमा यी कुराहरूलाई अगाडि बढाएर लिएर जान्छौँ । हाम्रो ध्यान अव मिसन २०८४ लाई सफल बनाउनेमा छ । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ