arrow

संविधान संशोधन प्रस्ताव पास हुन दिन्नौं : गोकर्ण विष्ट

logo
सूर्य प्रसाद भूषाल,
प्रकाशित २०७३ मंसिर ८ बुधबार
gokarna-bista-neta-Amale.jpeg
सन्धिखर्क । नेकपा एमाले सचिव एवं पूर्व ऊर्ज मन्त्री गोकर्ण विष्टले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्ताव आफुहरुले कुनै हालतमा ससदबाट पारित हुन नदिने बताएका छन् । 
 
प्रेस चौतारी अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै बिष्टले मुलुकमा अहिले सरकारले संविधान कार्यनयन गर्नेतर्फ चासो नदिएको बताउँदै सरकार ठट्टा र हल्ला को भरमा अघि बढेको आरोप लगाए । 
 
नेता विष्टले संविधान संशोधनका विषयमा दलहरुबीच छलफल चलेको भन्ने कुरा निराधार भएको बताउँदै आगामी वर्ष भित्र तीन तहको निर्वाचन मुलुकमा नभए संवैधानिक संकट आउने चेतावनी दिए । संविधान संशोधन ससदमा आउन नदिने बताउँदै निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग ससदबाट पारित हुने बर्ताए । 
 
विष्टले नेपालका ठुलादलहरु मिल्नुको बिकल्प नभएको बताउँदै एमाले पार्टी जनताको पार्टी भएको जिकिर गरे । 
 
उनले अन्तरदेशीय सम्बध एमालेको सबैतिर रहेको सुनाउँदै गुल्मी, पाल्पा, अर्घाखाँचीलाई ५ नम्बर प्रदेशबाट हटाउन खोजे सडकबाट त्यसको प्रतिकार जनताले गर्ने बताए । 
 
एमालेका जिल्ला अध्यक्ष अध्यक्ष चेतनारायण आचर्य, ५ नम्बर प्रदेशका सदस्य पिताम्बर भूषाल, उपाध्यक्ष  जीवनारायण कोईराला, सचिव राम बहादुर चौहान उपसचिव प्रेमनारायण गैरेलगायतले आ–आफ्ना धारणा राखे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ