arrow

सांसदले आफ्नो तलव आफै बढाएकोविरुद्ध विद्यार्थीको प्रदर्शन

निर्णय फिर्ता नभएसम्म आन्दोलन नरोकिने

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
bidhyarthiko-news-a.jpeg

काठमाडौं । सांसदको तलबभत्ता बढाउने निर्णयविरुद्ध विद्यार्थी सङ्गठनले  प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीलगायत १३ विद्यार्थी सङ्गठनले वुधबार दिउँसो रत्नपार्कस्थित शान्तिकाटिकामा सांसदको तलवभत्ता वृद्धिविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उनीहरूले सांसदको वृद्धि तलव तत्काल फिर्ता गरिनुपर्ने नारा लगाए । प्रदर्शनमा ‘सांसदको वृद्धि सुविधा अविलम्ब फिर्ता गर, संविधान कार्यान्वयनमा ध्यान देउ’ ‘राष्ट्रिय सहमतिका लागि राजनीतिक दल एक हौँ’ भन्ने नारा लगाए ।

प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले जनहितविपरीत गरिएको सांसदको तलबभत्ता वृद्धि फिर्ता गरिनुपर्ने बताए ।  उनले वृद्धि तलब फिर्ता नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए ।

अखिल अध्यक्ष नविना लामाले जनताको गाँस, बासको व्यवस्था नभएको अवस्थामा सांसदको तलववृद्धि गर्नु लज्जास्पद भएको भन्दै अविलम्ब वृद्धि तलव फिर्ता गर्नुपर्नेमा जोड दिइन् ।

वैद्य निकटका अनेरास्ववियु क्रान्तिकारी सहसंयोगक राम नेपाली, अखिल छैठौ‌का अध्यक्ष विमल पोखरेललगायतले सांसदको तलववृद्धि नेपाल र नेपालीका हितविपरीत भएकाले फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।

भूकम्प र नाकाबन्दीले जनता थिलोथिलो भएका बेला वेमौसमी ढङ्गले आफ्नो तलव आफैं बढाउने सांसदहरूको गैरजिम्मेवार निर्णयविरुद्ध आन्दोलन थालिएको अनेरास्ववियु उपाध्यक्ष महेश बर्तौलाले बताए । यस्तै, विद्यार्थी संगठनले सभामुख विदेशबाट आउने वित्तिकै ज्ञापनपत्र बुझाउने अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए । उनले भने, ‘सभामुख आए विहिबारै ज्ञापन पत्र बुझाइन्छ ।

उनले, जनता भोकभोकै पालमा रहेका बेला मोज मस्तीका लागि बढाइएको तलब वृद्धिलाई तत्काल फिर्ता लिनु पर्ने बताए । आफुहरुले सांसदहरुलाई यो विषय स्वस्फूर्त ढंगले निर्णय सच्याउन आग्रह गरेको र त्यसो नभएसम्म आन्दोलन नरोकिने चेतावनी पनि दिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ