काठमाडौ । पोखराको कास्कीकोट गाविसमा अल्ट्रालाईट उडाउने क्रममा दूर्घटना हुँदा एक जना रसियन नागरिकको ज्यान गएको छ । बुधबार बिहान अलेक्जेण्डर नाम गरेका एक जना रसियन नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
आभिया क्लवले सञ्चालन गरेको उक्त अल्ट्रालाईट रन वेबाट दुई सय मिटर पर पुगेर दूर्घटना भएको थियो । दूर्घटनामा एक जना क्यानेडियन नागरिक घाईते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
९ एन एल एल ओपन फ्रयाईट पुतली जहाज दुर्घटना भएको हो। यस भन्दा अगाडि यस्ता दूर्घटना भएको जानकारीमा नआएको पनि प्रहरीले जनाएको छ ।