arrow

संविधान संशाेधनका लागि सहमतिको प्रयास जारी छ : प्रचण्ड

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
Taplejung-PM-g.jpeg

ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका लागि संविधान निर्माणका सहयात्री दलबीच सहमति जुटाउन सरकारको प्रयास जारी रहेको बताएका छन् ।

कञ्चनजंगा हिमाल आरोहणको ६० वर्ष पुरा भएको अवसरमा ताप्लेजुङको सुकेटारमा आयोजित कञ्चनजंगा हिरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने सरकारको प्रयास जारी रहेको बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘हिजो भूकम्पपछि सत्तापक्ष प्रतिपक्ष नभनी हामीले राष्ट्रिय सहमति कायम गरेर उद्दार र राहतको काम सम्पन्न गर्‍यौं । राजनीतिक सहमतिकै आधारमा चुनौतिपूर्ण ठानिएको संविधान निर्माणको कार्यभार पुरा गर्‍यौं । संविधान त बनेको छ । तर, यसको स्वीकार्यता फराकिलो पारेर सिंगो राष्ट्रले स्वामित्व लिने कार्यभार अझै बाँकी छ । तसर्थ, संविधान संशोधन गरी मुलूकलाई निर्वाचनको दिशामा लैजान सरकारले राजनीतिक सहमतिको प्रयास गरिरहेको छ ।’

प्रधानमन्त्रीले कञ्चनजंगा क्षेत्र विकासका असीमित सम्भावनाहरुले भरिपूर्ण रहेको भन्दै आरोहण पर्यटनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग हुने आश्वासन दिए । महोत्सवमा मन्त्री सूर्यमान गुरुङ, व्यवस्थापिका—संसद विकास समितिका सभापति रबिन्द्र अधिकारी लगायतका वक्ताहरुले पूर्वाञ्चलको विकासका सम्भावना र हिरक महोत्सवको महत्वबारे चर्चा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ