व्यापारी रामहरि श्रेष्ठका हत्या आरोपी माओवादी लडाकु कमाण्डर खाम पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
1.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । व्यापारी रामहरि श्रेष्ठका हत्या आरोपी माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप लागेपछि फरार रहेका उनी काठमाडौँ १५ वर्षपछि पक्राउ परेका हुन् ।
उनलाई राजधानीको ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको फरार सूचीमा १५ वर्षदेखि रहे पनि उनी खुलेआम नै थिए ।
उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुखसमेत हुन् ।
अहिले आएर बल्ल पक्राउ पर्नुको कारण भने रहस्यात्मक छ ।