arrow

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै, समीकरण रोचक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
bagmati-province-new.jpg

हेटौँडा । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । सो बैठक प्रदेश सभा भवन, हेटौँडामा बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने बताएका छन् । 
 
बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् । 

सो प्रदेश सभामा ११० सदस्य रहेका छन् । बागमती प्रदेश सभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।

कांग्रेसले विपक्षमा मत हाल्न ह्विप जारी गरेको छ । नेकपा एसले यथास्थितिमा मत नदिने बताएर बार्गेनिङको बिन्दु खोजेको छ । हाम्रो पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ । आजको मतदान रोचक हुने अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ