काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच आज भेटवार्ता भएको छ । त्यसक्रममा उपप्रधानमन्त्री निधि र राजदुत होङबीच सुरक्षा,आर्थिक विकास लगायतका बिषयमा कुराकानी भएको थियो ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउदै गृहमन्त्री निधिले नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिइने उल्लेख गरे। गृहमन्त्री निधिले नेपालको विकासमा चीन सरकारले उपलब्ध गराउदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गरे ।
सो अबसरमा राजदूत होङले नेपालको विकास र समृद्धिमा चीन सरकारको तर्फबाट भइरहेको सहयोग निरन्तर जारी रहने बताउँदै दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्याउने प्रतिवद्धता ब्यक्त गरिन् ।