arrow

संसदमा गगन

सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले आफैँ कसरी निष्पक्ष अनुसन्धान गर्न सक्छन् - गगन थापा [भिडियो]

भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका देखा परेका सबै प्रकारका भ्रष्टाचारका घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
gagan-thapa-12-05.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले आफैँ कसरी निष्पक्ष अनुसन्धान गर्न नसक्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएका प्रमाण नष्ट गर्न सक्ने डर भएको बताए ।

थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने बताए । महामन्त्री थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैर कानुनी रुपैयाँ लिएको भन्दै यस प्रकरणमा छानबिन हुनुपर्ने बताए।

उनले लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौँ रुपैयाँ ठग्ने अरू सय जनाले पनि उन्मुक्ति पाउने बताए । उनले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुसन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानबिन गर्नुपर्ने बताए । उनले गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा आशङ्का पनि व्यक्त गरे । उनले यो प्रकरणको सम्बन्धमा प्रहरीको जवाफको माग गरे ।

उनले भने – ‘पोखराको सूर्यदर्शन सहकारी करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा परेको छ । पोखरा महानगरपालिकाले अध्ययन गर्‍यो । अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो । रिपोर्टले भन्यो सय जना मानिसहरूले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन् । त्यो रिपोर्टको ७८ औँ पृष्ठमा के भन्छ भने यसरी नक्कली खाता खोल्ने मानिसहरू मध्येको एउटा नाम हो रवि लामिछाने । माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ । भोलि प्रधानमन्त्री बन्नुहोला । शुभकामना छ, बन्न पनि सक्नुहुन्छ । अलग विषय हो । तर रवि लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ । सहकारीको सदस्य हुनुहुन्न । हाम्रो कानुनको दफा ५० ले भन्छ यो गैर कानुनी छ । मैले उनको स्पष्टीकरण सुने । ३ मिनेट २० सेकेन्डको थियो । मैले राम्रो सँग सुने, पढेँ पनि । स्पष्टीकरणमा भनिएको छ, कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन । सहकारीको सदस्य होइन, कसैले मेरो नाम लग्यो होला । यदि यस्तै मान्ने हो भने सय जना नै मानिसहरूले एक अर्ब रुपैयाँ लगेको प्रकृति ठ्याक्कै यही हो । कसैको धितो छैन । कोही सहकारीको सदस्य होइन । कुनै प्रक्रिया पुर्‍याइएको छैन । एक अर्ब झ्वाम्म । यसरी छोड्दिने हो भने एक जनालाई मात्रै छोडेर हुँदैन अब । सबैलाई छोड्नुपर्छ । एउटा सहकारीको मात्र छोडेर हुँदैन, सबै सहकारीलाई छोड्नुपर्छ । सरकार यही गर्न तयार हो ? मेरो प्रधानमन्त्रीलाई प्रश्न छ ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका देखा परेका सबै प्रकारका भ्रष्टाचारका घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय जाँचबुझ आयोग बनाउन गरेको प्रस्ताव सही भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ