arrow

एआईजी ज्ञवालीले भगाएका भनिएका चलाउनेले भने- जीबी राई पक्राउ परे लगत्तै आत्मसमर्पण गर्छु [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
jeevan-chalauney-.jpg

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेका प्रिय पात्रका रुपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रवेश गरेका एआईजी श्याम ज्ञवालीमाथि गम्भीर आरोप लागेको छ । 

जुन आरोपमा सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गरियो त्यही आरोप लागेका एआईजी ज्ञवालीलाई सीआईबीको कमाण्ड सम्हाल्न पठाइएको छ । 

आइतबार उनले सीआईबीको कमाण्ड सम्हालेका छन् । तर सीआईबीले व्यवसायी जीवन चलाउनेलाई भगाएको सूचना ज्ञवालीले चुहाएको बताउने उनैले करोड–करोड रुपैयाँ मागेको आरोप लगाएका छन् । 

चलाउनेले ताज व्याँङ्केटमा बसेर ज्ञवालीले आफूलाई आईजीपी बन्नका लागि २–३ करोड आवश्यक परेको भन्दै मागेको अडियोमार्फत सार्वजनिक गरेका छन् । उनले एआईजी ज्ञवालीले पैसा माग्ने बेलामा मदिरा उद्यमी तथा व्यापारी रवि केसी पनि सँगै रहेको खुलाएका छन् । 

‘पछिल्लो पटक हामीलाई पठाएको अडियोमा रवि लामिछानेका व्यापारिक साझेदार जीवी राईलाई बचाउने खेल रहेको आशंकासमेत उनले गरेका छन् । 

उनले दुई महिनाअघिनै श्याम ज्ञवालीले सीआईबी जान लागेको प्रपञ्च गरेको बताएको तर आफ्नो कुरा कसैले पनि नपत्याएकोसमेत बताएका छन् । 

उनले आईजीपी वसन्त कुँवर, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र उनका सहयोगी रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोरालाईसमेत जानकारी गराएको तथा त्यही कुरा सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगलाई समेत बताएको जनाएका छन् । 

तर पनि उनले आफ्नो कुरा कसैले नसुनेको दाबी गरेका छन् । उनले अडियोमा भनेझै श्याम ज्ञवाली सीआईबीमा पुगेका छन् । चलाउनेले दिएको अभिव्यक्तिबारे ज्ञवालीले कुनै टिप्पणी गरेका छैनन् । 

‘‘नेपाल प्रहरीका एआईजी म जीवन चलाउने हुँ । श्याम ज्ञवाली सीआईबीमा गएर यस्तो आरोप लगायो भन्ने आयो म डराएको छैन । डराएको भए म मिडियामा आउने थिइन । उहाँसँग मलाई कुनै डर छैन । मैले दुई महिनाअघि नेपाल सरकारका आईजीपी, निवर्तमान गृहमन्त्री सीआईबी प्रमुख किरण बज्राचार्यलाई मेरो सम्पूर्ण कुरा भनेका थिएँ । मेरो कुरा कसैले सुनेनन् । यही कुरा मैले दुई महिनाअघि यताबाट भगाउने काम गर्यो । उताबाट फसाउने काम गर्यो’, उनले आफ्नो अडियोमा भनेका छन् । 

यसैगरी उनले व्यापारिक सिलसिलामा दावा भन्नेसँग व्यापारिक कुरा गरेको र आफ्नो चामल दाल, तेल, जिरा धनियाँको कुरा गरेको बताएका छन् । त्यही क्रममा चाइना खासातिर लैजान्छु भनेको र त्यही क्रममा तिब्बतका, चाइनाका ठूला ठूला लगानीकर्ता छन्, सुनको काम गर्ने, हाइड्रो पावरमा काम गर्ने धेरै छन् नेपालमा लगानी गर्न चाहिरेका छन् भन्दा ल हुन्छ त्यस्तो छ भने लिएर आउनुस् कुरा गरौंला भनेको हुँ पनि भनेका छन् ।

 ‘मैले एफडीआईबाट काम गर्न मिल्छ’ भनेको बताएका छन् । लानुपरो भनेर खुर्सानी अर्डर गर्यो । ‘श्याम ज्ञवालीले चाहिँ आईजीपी बढुवा भन्दा अगाडि मसँग आईजीपी बन्नका लागि २–३ करोड पैसा चाहियो भनेको थियो’, उनले भनेका छन् । 

चलाउनले अडियोमा आफू नभाग्ने र जीबी राई आएको भोलिपल्ट आफू पनि आउने बताएका छन् । उनले भने, ‘म भाग्दिन, म आत्मसर्मण गर्न आउँछु तर जीबी राई आएको भोलिपल्ट म आउँछु प्रहरीले मलाई खोज्नु पर्दैन । आफ्नो ज्यानको माया जसलाई पनि हुन्छ । अहिले जे पनि गरिरहेका छन् । आफ्नो अनुकूल हुने बित्तिकै म आउँछु आएर सबै कुरा अदालतमा भन्छु । म भाग्ने भए सुन समितिमा गएर बयान दिन्नथेँ होला । त्यसकारण आएर सबै कुरा भन्छु ।’ 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ