arrow

३८ प्रतिशत कुलिन जनसंख्या बागमती प्रदेशमा 

घट्दै हिमाल र पहाडको जनसंख्या, तराईको बढ्दै [भिडियो]

नेपालबाट विदेश जाने बढी जनसंख्या २० देखि २९ वर्ष उमेर समूहका

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
janagadana-2078-report.jpg

काठमाडौँ । राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको उच्च जीवनस्तरका ३८ प्रतिशत जनसंख्याका बागमती प्रदेशमा बस्ने गरेको देखिएको छ ।आइतबार राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जारी तथ्याङ्कले नेपालको उच्च जीवनस्तर भएका ३८ प्रतिशत जनसंख्या बागमती प्रदेशमा बस्ने गरेको देखाएको हो । तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने सबैभन्दा कुलिन वर्ग बागमतीमा बस्ने गरेको बताए । उनले निम्न वर्गका ५१ प्रतिशत जनसंख्या कर्णाली प्रदेशमा बस्ने गरेको तथ्याङ्क रहेको बताए । उनका अनुसार कर्णाली प्रदेशमा करिब ४.२ प्रतिशत मात्रै जनसंख्या उच्च वर्गको जीवनस्तर भएका छन् ।

तथ्याङ्क कार्यालयका अनुसार भविष्यमा फर्कन सक्ने गरी विदेश बस्ने नेपालीहरूको जनसंख्या करिब २२ लाख रहेको छ । निर्देशक लामिछानेका अनुसार नेपालबाट विदेशमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरू विदेश गएको देखिएको बताए । उनले पछिल्लो १० वर्षमा हिमाल र पहाडको जनसंख्या घट्दै र तराईको जनसंख्या बढ्दै गएको देखिएको बताए । उनले ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको बताए ।

उनले पहाडी जिल्लाका काठमाडौं र पोखरा महानगरपालिका लगायतका केही नगरपालिकामा धेरै भए पनि अन्य नगरपालिकामा जनसंख्या कम देखिएको उल्लेख गरे । तथ्याङ्क कार्यालयका अनुसार उमेरको हिसाबमा ०-१४ वर्षसम्मका बालबालिका २०६८ जनगणनामा ३४.९ रहेकोमा २०७८ मा २७.८ प्रतिशतमा झरेको छ । त्यस्तै १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ । २५-६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशतबाट झरेर ४३.३ प्रतिशतमा पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । निर्देशक लामिछानेले ६५ भन्दा माथि उमेर समूहको जनसंख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको बताए । उनले नेपालको काम गर्न सक्ने जनसंख्या ६२ प्रतिशत रहेको बताए ।

उनले भने,‘ पछिल्लो १० वर्षमा हिमालको जनसंख्या घटेको देखिन्छ । तर पहाडको पनि घट्दै र तराईको जनसंख्या बढ्दै गएको छ । ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको छ । तराईका जिल्लाका नगरपालिका र गाउँपालिकामा जनसंख्या बराबर जस्तो रहेको छ । पहाडी जिल्लाका काठमाडौं महानगरपालिका लगायतमा धेरै भए पनि अन्य नगरपालिकामा जनसंख्या कम देखिन्छ । उमेरको हिसाबमा तथ्याङ्क हेर्दा फरक किसिमले आएको छ । ०-१४ वर्षसम्मका बालबालिका उमेर प्रतिशत २७.८ प्रतिशतमा आएको छ । २०६८ मा ३४.९ थियो । १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ । २५-६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशत बाट झरेर ४३.३ प्रतिशतमा पुगेको छ । ६५ भन्दा माथि उमेर समूहको जनसख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको छ । अन्य देशको तुलनामा बालबालिका उमेर समूहको जनसंख्या कम हुँदै गएकाले ६५ भन्दा माथिको जनसंख्या बढ्दै जाने अवस्था देखिन्छ । तर अहिले नेपालको काम गर्न सक्ने जनसंख्या ६२ प्रतिशतसम्म रहेको भन्दै नेपालको राम्रो पक्ष रहेको छ । नेपालका आश्रित जनसंख्या कम भएको छ । जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको छ । त्यसले राम्रो सङ्केत गरेको छ । नेपालको करिब २२ लाख जनसंख्या विदेशमा बसोबास गरेको देखिन्छ । सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरू विदेश गएको देखिन्छ । नेपालमा फर्कन सक्ने जनसंख्याको तथ्याङ्क हो । कर्णाली प्रदेशमा करिब ५१ प्रतिशत जनसंख्या कमजोर वर्गका बस्ने गरेको देखिएको छ । बागमती प्रदेशमा ३८ प्रतिशत जनसंख्या उच्च गुणस्तर वर्गका बस्ने गरेको छ । कणाली प्रदेशमा ४.२ प्रतिशत मात्रै उच्च वर्गमा देखिएको छ ।’

उनले जनगणना २०६८ को तुलनामा आश्रित जनसंख्या कम रहेको बताए । उनकाअनुसार जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ