arrow

कांग्रेसले बेइमान भन्यो, मेरा कारणले कांग्रेस आन्तरिक रुपले मिलोस् – प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
prachanda-80-11-30a.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले निजी आरोप र प्रत्यारोप गरेको आरोप लगाएका छन् । 

आजको संसद बैठकमा विश्वासको मत लिने क्रममा प्रचण्डले आफूलाई यही संसदमा उभिएर प्रचण्डलाई नेपालको राजनेता भनेको तर गठबन्धन तोडेपछि आफूलाई बेइमानीको आरोप लगाएको बताए । 

उनले त्यही राजनेता संविधानअनुसार राजनीतिक मुद्दा र एजेन्डालाई केन्द्रविन्दुमा राखेर लोकतान्त्रिक प्रक्रियाबाट गठबन्धन बदल्दा कसरी बेइमान भएँ भनी स्पष्ट पारे । 

उनले भने, 'पछिल्लो एक वर्षमा कांग्रेसभित्रका विचार समूहको द्धन्द्धले सरकारमा परेको असरबाट म आजित भएको छु ।' 

नयाँ गठबन्धनले र आफूले चालेको कदमले कांग्रेस एकढिक्का हुने संकेत पाएको भन्दै यसबाट आफू खुशी नै भएको बताएका छन् । 

लोकतन्त्रलाई सुदृढ गर्न यसले फाइदा पुग्नेसमेत उनले बताए । यसले नेपाली कांग्रेसभित्रको कचिंगल समाधान भयो भने नेपालको लोकतान्त्रिक आन्दोलनमा उल्लेखनीय भूमिका खेलेको हुनेसमेत बताए । 

प्रचण्डले कांग्रेसको समर्थनबाट आफू एक पटक प्रधानमन्त्री भएको र आफ्नो समर्थनबाट शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री भएकोसमेत बताए । 

अहिले प्राप्त गरेको प्रधानमन्त्री कांग्रेसको विश्वासघातको जगबाट भएको पनि प्रचण्डले बताए । उनी निरन्तर भाषणका क्रममा कांग्रेसमाथि आरोप लगाउँदै गए । 

सम्बोधनका क्रममा उनले अन्यथा लिएर नभइ विस्तृत शान्ति सम्झौतादेखि अहिलेसम्मका उतारचढाव उथलपुथल नै भएको बताएका हुन् । 

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग जोडिएपछि प्रचण्डले उथलपुथल पार्ने र आफूसँग जुध्न खोज्नेलाई लात्तीले हानेर कुनामा फालिदिने भनेर कांग्रेसलाई भनेका थिए । 

उनले राजनीतिक उथलपुथलबारे स्पष्ट पार्दै यसमा सबै सहभागी भएको बताएका छन् । गत फागुन २१ गते नयाँ सत्ता गठबन्धन बनाएपछि आफू बाँचुन्जेल उथलपुथल पारिरहने भन्दै चुनौती दिएपछि यो शब्दको परिभाषा खोज्ने क्रम चलिरहेको छ । 

त्यसलाई स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकमा विश्वासको मत लिने क्रममा पछिल्लो राजनीतिक घटनाक्रम उथलपुथलकै निरन्तरता भएको बताए । 

उनले अन्यथा लिएर नभइ विस्तृत शान्ति सम्झौतादेखि अहिलेसम्मका उतारचढाव उथलपुथल नै भएको बताएका हुन् । 

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग जोडिएपछि प्रचण्डले उथलपुथल पार्ने र आफूसँग जुध्न खोज्नेलाई लात्तीले हानेर कुनामा फालिदिने भनेर कांग्रेसलाई भनेका थिए । 

गत फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि अहिले पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक प्रतिनिधि सभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए । 

संसद्मा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए । नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उनको नाम लेखिएको छ । 

त्यसबेला प्रतिपक्षमा बसेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतका सबै दलले उनलाई विश्वासको मत दिएका थिए ।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए । सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए । सो दिन प्रतिनिधि सभामा भएको मतदानमा उनले एक सय ७२ मत प्राप्त गरेका थिए । उनको विपक्षमा ८९ मत परेको थियो ।

यही फागुन २१ गते गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ । सो दलले विश्वासको मत फिर्ता लिएको छ ।नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सहितका पाँच दलले नयाँ गठबन्धन बनाएका छन् । 

सरकार विस्तारसमेत भइसकेको छ । नयाँ गठबन्धनको समर्थन प्राप्त गरेका प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् । गठबन्धनमा आबद्ध दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रतिनिधि सभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले पनि ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएकी छिन् 
 । 

सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलले ह्वीप जारी गरिसकेको, नागरिक उन्मुक्ति पार्टीलगायतका दल र सांसदले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । यस आधारमा प्रधानमन्त्रीले सहजै विश्वासको मत प्राप्त गर्नेछन् । 

प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक पर्दछ । प्रचण्डले तेस्रो कार्यकालमा तेस्रो पटक विश्वासको मत लिँदैछन् । यसअघि प्रचण्ड २०६५ र २०७३ सालमा प्रधानमन्त्री भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ