arrow

नारायणकाजीलाई भारतीय र चिनियाँ समकक्षीको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
narayankajiss.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीले बधाई ज्ञापन गरेका छन् । 

भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्कर र चिनियाँ कुटनितिज्ञ वाङ यीले छुट्टाछुट्टै बधाई सन्देश पठाउँदै परराष्ट्रमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । 

परराष्ट्रमन्त्री श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि उनीहरूप्रति आभार प्रकट गरेको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीयसचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ यही फागुन २३ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ