arrow

सहज छैन रुसी सेनाबाट नेपालीलाई फिर्ता ल्याउन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
narayankaji-russia-nepali-.jpg

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरूलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको बताएका छन् । 

रुस-युक्रेनबीच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरूलाई फिर्ता ल्याउने अझै जटिलता रहेको उनको स्पष्टीकरण थियो । 

मंगलबार साँझ उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दूतावासमार्फत आफूले पाएको बताए । 

नेपालस्थित रुसी राजदूतलाई बोलाएर सेनामा भर्ना भएका नेपालीहरूलाई फर्काउने विषयमा निरन्तर संवाद गर्न आग्रह गरेको बताए । 

उनले उनीहरूसँग गरिएको सम्झौता रुद्ध गर्न र फिर्ता पठाउने प्रक्रियाबारे जानकारी गराउन पनि नेपाल सरकारले रुस सरकारसँग अनुरोध गरेको बताए । 

त्यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले युक्रेनको कब्जामा रहेका नेपाली नागरिकहरूको रिहाइका लागि पनि रुस सरकारसँग आग्रह गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ