बैंकका तत्कालीन सीईओसहित ११ जनालाई हिरासतमा राख्न अनुमति
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
1k
Shares
काठमाडौँ । उच्च अदालत पाटनले कमसल धितो राखी बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका सेञ्चुरी बैंकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति प्रदान गरिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
उनले भने, “सीईओ मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न मंगलबार म्याद थप भएको छ ।” केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गएको माघ १५ गते उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।