arrow

नारायणकाजी बाँके पुगी चालकलाई हेल्मेट लगाइदिएर शुरु भयो ट्राफिक सप्ताह

logo
सौरभ गिरी, 
प्रकाशित २०८० फागुन १० बिहिबार
narayankaji-nepaljung-traff.jpg

नेपालगञ्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आमसर्वसाधारणमा ट्राफिक सचेतना अभिवृद्धि गर्दै सडक अनुशासन कायम गर्नका लागि सबैलाई प्रेरित गर्न आवश्यक रहेको बताएका छन् ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह २०८० को आज नेपालगञ्जमा उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यस्ता अभियानले सडक अनुशासन कायम गर्दै बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने बताए । उनले अभियानलाई सफल पार्न सबैलाई आह्वान गरे ।

गृहमन्त्री श्रेष्ठले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको इमान्दारिता र सक्रियता आवश्यक रहेको बताए । गृहमन्त्री श्रेष्ठले स्कुटर चालकलाई हेल्मेट हस्तान्तरण तथा सवारी साधनमा सचेतनामूलक स्टिकर टाँस गरी ट्राफिक सप्ताहको शुभारम्भ गरेका हुन् । 

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा ट्राफिक सप्ताह शुरु गरिएको हो । औपचारिक कार्यक्रम अघि नगरमा प्रभातफेरि निकालिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपी कृष्ण सुवेदीले बताए । 

उनका अनुसार ट्राफिक सप्ताहमा सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ