arrow

सम्मानित नेता भन्छन्- गठबन्धन सरकारप्रति सन्तुष्ट छैनौ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
jhalnath-11-09.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत् असन्तुष्टि रहेको बताएका छन् । बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गरे । उनले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए । उनले देशले नयाँ कोर्षको माग गरिरहेको बताए । उनले देशका आम जनता र राष्ट्रका मागहरूलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढङ्गले सरकार आउनुपर्ने उल्लेख गरे । 

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको बताए । उनले मुलुकको अर्थतन्त्र सङ्कटपूर्ण रहेको बताए । उद्योगबाट आउने राजश्व देशमा वि.सं. १९९५ को भन्दा कम रहेको बताए । सो बेलामा नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गरेको भए पनि अहिले ५ प्रतिशत भन्दा कम रहेको बताए ।

उनले भने, ‘ सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ । यसले जनतालाई छोएको छैन । सरकारले जुन बजेट ल्याएको छ, यसले जनतालाई छोएको छैन । हाम्रा दुई जना मन्त्रीहरू हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु ? बजेट दिएको केही गर्नु । उहाँहरूलाई केही गर्न किन सक्नुभएन भन्दा बजेट छैन के गर्नु भन्नुहुन्छ । हामी निमित्तमा सहभागी छौँ । तर यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत् असन्तुष्टि छ । मुलुकको अर्थतन्त्र हेर्नुभयो भने त्यस्तै सङ्कटपूर्ण छ । देश वि.सं. १९९५ तिरको डाटा हेर्नुभयो भने त्यति बेला नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गर्दथ्यो, अहिले ५ प्रतिशत भन्दा कम भएको छ । नेपाल अनुद्योगतर्फ गइरहेको छ । भएका उद्योग चलेका छैनन्, चलेका उद्योग ३० प्रतिशत भन्दा कम छ । रोजगारी देशमा छैन । देशको नेतृत्वप्रतिको अविश्वासका कारण बाहिर जान बाध्य छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ