arrow

ग्वलः अर्केष्ट्रा २०८० आयोजना हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
gwil-arkesta.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका तथा ग्वलः बाजँ खलःको संयुक्त आयोजनामा फागुन ५ गते दिउँसो ३ बजे जयवागेश्वरी मन्दिर परिसरमा ग्वलः अर्केष्ट्रा २०८० आयोजना हुने भएको छ । 

कार्यक्रम संयोजक एवं काठमाडौँ महानगरपालिका वडा ८ का आशामान संगतले सो अवसरमा महानगर तथा विभिन्न बाजागाजा संरक्षणमा कटिवद्ध १४ क्लबहरूको सहभागिता रहने जानकारी दिए । 

सो अवसरमा स्थानीय क्लब, संघसंस्था, बाजा खलः, पुचः तथा टोलहरू कार्यक्रमा सहभागी रहने छ । संयोजक संगतले युवापुस्ता केन्द्रित बाजागाजाको संरक्षणार्थ ग्वलः क्षेत्रको पहिचानका लागि ग्वलः अर्केष्ट्रा आयोजना गरिएको बताए । 

अर्केष्ट्रामा १ सय ५० भन्दा बढी कलाकारहरूको सहभागिता हुनेछ भने विभिन्न बाजामार्फत धुनहरू प्रस्तुत गरिनेछ । सो अर्केष्ट्राका लागि स्थानीय क्लबका प्रतिनिधिहरूले करिब एक महिनादेखि तयारी शुरूवात गरेका छन् । अर्केष्ट्राको व्यवस्थापन अन्तिम चरणमा पुगेको जनाइएको छ । 

काठमाडौँ महानगरपालिकाले बाजागाजा तथा संस्कृतिको संरक्षणार्थ तथा मौलिकपन दर्शाउनका लागि अथक प्रयास स्वरूप कार्यक्रम आयोजना गर्न लागिएको वडा अध्यक्ष एवं कार्यक्रम संयोजक संगतले बताए । 

विभिन्न नेवारी पहिचान, बस्ती, आफ्नै कला, संस्कृति, बाजागाजा, मौलिकपन, परम्परागत धुन, धार्मिक स्थल मठमन्दिरको संरक्षणका लागि ग्वलः क्षेत्रमा रहेका नौवटा पौखरी, नौवटा ढुङ्गेधारा, नौवटा जात, नौवटा इनार, नौवटा ढोका, नौवटा टोल, नौवटा शक्तिपीठ, नौवटा पाटीपौवा तथा नौवटा डवलीको संरक्षणका लागि अर्केष्ट्रा आयोजना गरिएको हो । अर्केष्ट्रामार्फत यी क्षेत्रको पहिचानलाई विश्वमाँझ झल्काउने प्रयत्न गरिएको संगतले बताए । 

कार्यक्रममा करिब एक हजार व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमका लागि प्रशिक्षकमा शिवकुमार संगत एवं बाजा गुरू राजेश संगत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ