arrow

पाँच करोड जरिवाना असुल गर्न बाँकी

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
court-judgment.jpeg
भोजपुर । जिल्ला अदालत भोजपुरले हालसम्म तीन लाख ८१ हजार ३२५ जरिवाना असुल गरेको बताएको छ । 
 
कुल रु चार करोड ६९ लाख ३१ हजार १७२ जरिवाना असुल गर्नुपर्ने लगत रहेकोमा रु चार करोड ६५ लाख ४९ हजार ८४८ बाँकी रहेको अदालतले जनाएको छ । 
 
अदालतले यस आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म दुनियावादी देवानी प्रकृतिको ४९ मुद्दाको लगत रहेकोमा १० फछ्र्योट भइसकेको र ३९ वटा बाँकी रहेको जनाएको छ ।
 
 त्यसैगरी, दुनियावादी फौजदारी प्रकृतिका ३५ मुद्दा लगतमा रहेकोमा १३ वटा फछ्र्योट भइसकेको र २२ वटा बाँकी रहेको, सरकारवादी फौजदारी प्रकृतिका ३८ वटाको लगत रहेकोमा १५ वटा फछ्र्योट भई १३ वटा बाँकी रहेको छ । 
 
हालसम्म १२ वटा थुनुवा मुद्दा बाँकी रहेको जनाइएको छ । त्यसैगरी, बालबालिका पक्षका दुई मुद्दा फछ्र्योट भएको र महिला पक्षको २८ लगत रहेकोमा १२ फछ्र्योट भई १६ बाँकी रहेको कार्यालयले जनाएको छ । 
 
यता मेलमिलापसम्बन्धी लगत आठ रहेकोमा तीनवटा फछ्र्योट भइसकेको र पाँचवटा बाँकी रहेको जनाएको छ । त्यसैगरी, पाँच लगत रहेको फैसला कार्यान्वयनतर्फको निवेदनमा एकवटा फछ्र्योट भई चारवटा बाँकी रहेको हो । 
 
कार्यालयले कैद जरिवानातर्फ एक हजार ४१ वर्ष १० महिना १८ दिनको लगत रहेकोमा छ हजार २०३ वर्ष दुई महिनाको फछ्र्योट भइसकेको जनाएको छ । 
 
कार्यालयले १५६ कैद माग लागेका, १३९ जरिवाना माग लागेका साथै जरिवाना र कैद दुवै लागेका ७८ सहित ३७३ व्यक्तिबाट कैद जरिवाना असुल गरेको छ । 
 
यसैबीच, जिल्ला अदालतले अभिलेखमा रहेका सबै मिसिललाई सफ्टवेयरमा राख्न थालेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ