arrow

चार वटा ट्रक र बस आपसमा दुर्घटना हुँदा १८ जना घाइते

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
accident-@-.jpg.jpeg
नवलपरासी । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी १८ जना घाइते भएका छन् । 
 
ना ६ ख ३९१८ नम्बरको ट्रक, ना ४ ख ६०८२ नम्बरको बस, लु १ ख ७४३८ नम्बरको बस र यु पी ५७ ५२७८ नम्बरको भारतीय ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो । 
 
सबै घाइतेको अवस्था सामान्य छ । घाइतेको चितवन भरतपुरस्थित सिएमसि मेडिकल कलेजमा उपचार भइरहेको गैँडाकोट प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ