arrow

बाघको आक्रमणमा एक जनाको मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
tigers.jpg.jpeg
नवलपरासी । बाघको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु भएको छ । 
 
कावासोतीस्थित शिव सामुदायिक वनको रातमाटे जङ्गलमा घाँस काट्न गएका कावासोती– ११ बुढौलीकुना बस्ने ४५ वर्षीय डिलबहादुर श्रेष्ठको बाघको आक्रमणबाट मृत्यु भएको हो । 
 
जङ्गलमा घाँस काट्न भनी सोमबार बिहान घरबाट निस्केका श्रेष्ठ सोमबार राति जङ्गलमा मृत अवस्थामा फेला परेका थिए । श्रेष्ठको शव बाघको आक्रमणबाट क्षतविक्षत अवस्थामा फेला परेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ