काठमाडौं । नेत्रविक्रम चन्द माओवादीले वर्तमान पुष्पकमल दाहालको सरकारलाई निरंकुश भनेको छ ।
पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै यसो भनेका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘यो बन्दमा विगतका सरकारलाई मात गर्ने गरी प्रचण्ड सरकारको निरंकुशता र गिरप्तारीको पार्टी घोर भ्रत्सना एवं निन्दा गर्दछ ।’
यस्तै, उनले काठमाण्डौं उपत्यकाबाट पार्टी पोलिटब्यूरो सदस्य ओमप्रकाश पुन, केन्द्रीय सदस्य झक बहादुर मल्ल, लगायत २०० जना र बाहिरका जिल्लाबाट गरी ४०० नेता कार्यकर्ताहरु पक्राउ परेका जनाएका छन् ।
पक्राउ परेका नेता र कार्यकर्ताको विना शर्त रिहाई नगरे कडा संघर्षमा जाने चेतावनी चन्द माओवादीले दिएको छ ।
नेपाली जनताको खाद्य सम्प्रभुताको अधिकार र दैनिक उपभोग्य वस्तुको आकाशिदो मूल्य वृदिलाई लिएर दशैं तिहार आउनु भन्दा पूर्व नै मागलाई सुत्रवद्ध गरी संघर्षको कार्यक्रम घोषणा गरेको प्रवक्ता प्रकाण्डले जानकारी गराएका छन् ।