arrow

टुँडिखेलमा यसरी मनाइयो माघी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
tharu-maghi.jpg

काठमाडौँ । काठमाडौँसहित देशभरका विभिन्न स्थानमा मकर सङ्क्रान्ति (माघी) पर्व मनाइएको छ ।

आज माघे सङ्क्रान्तिको दिन काठमाडौंको टुँडिखेलमा मगर र थारु समुदायले माघी विशेष मेला आयोजना गरी माघी पर्व मनाएका हुन् । 

सो अवसरमा वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म र्‍याली समेत गरिएको हो । मेलामा माघी पर्वमा पाक्ने परिकार र थारु पहिरनले झकिझकाउ बनाएको थियो ।

 मेलामा ढिक्री, घोगी, माछा र गँगटाजस्ता परिकारहरू राखिएको छ । 

माघीको अवसरमा नाचिने माघी, छोक्रा, हुर्दुग्वा, लठुवालगायतका नाच थारु समुदायमा प्रस्तुत गर्ने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ