arrow

माघे सङ्क्रान्तिका लागि तरुल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
tarul-magh.jpg

काठमाडौँ । माघे सङ्क्रान्तिका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ । 

काठमाडौँका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो । काठमाडौं उपत्यकामा मुख्य गरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ । 

साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलान्चोक र नुवाकोटका तरुलहरू पनि काठमाडौँमा माघे सङ्क्रान्तिका लागि बिक्री हुने गर्दछन् । 

नेपाली किसानले धेरै थरीका तरुल खेती गर्दछन् । जसमध्ये घर तरुल, वन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल अहिले बजारमा बिक्रीका लागि राखिएको देख्न सकिन्छ । 

माघे सङ्क्रान्तिमा तरुलसँगै पिँडालु, सखरखण्ड पनि खाइन्छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज तरुल ६० देखि ७० रुपैयाँ प्रतिकेजी, पिँडालु ७० देखि ८० रुपैयाँ प्रतिकेजी र सखरखण्ड ७० देखि ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ