arrow

नमोबुद्धको जनस्वास्थ्य सेवा विधेयक पारित

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० पुष २८ शनिबार
namobuddha-2nd.jpeg

भकुण्डेवेशी । नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको चौथो (हिउँदे) अधिवेशनले ‘नमोबुद्ध नगरपालिका जनस्वास्थ्य सेवा विधेयक, २०८०’ पारित गरेको छ ।

बिहीबार दोस्रो नगरसभाको चौथो अधिवेशनको दोस्रो बैठकमा सामाजिक विकास समितिका संयोजक वीरबहादुर लामाले निर्णयार्थ प्रस्तुत गरेको नमोबुद्ध नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थापन गर्नको लागि बनेको जनस्वास्थ्य सेवा विधेयक, २०८० सर्वसम्मतले पारित भएको हो ।

बैठकमा विधायन समितिका संयोजक टिकाबहादुर केसीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को लागि स्वीकृत भएको नमोबुद्ध नगरपालिकाको विनियोजन ऐन, २०८० को अनुसूची माथिको संशोधन प्रस्ताव पनि पारित भएको छ ।  

बैठकले नगर कार्यापालिका बैठकबाट पेश भएका प्रस्ताव एवं विशेष निर्णयहरु पनि अनुमोदन गर्ने निर्णय गरेको छ । नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा, नगर उपप्रमुख रत्नबहादुर लामाको उपस्थितिमा भएको सभामा प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले आर्थिक वर्ष २०८०–८१ को लागि दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट स्वीकृत भएको नीति, कार्यक्रम र बजेट (वार्षिक नगर विकास योजना) मा हालसम्म भएको भौतिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार हालसम्मको अवधिमा चालुतर्फ २७ प्रतिशत र पूँजीगततर्फ १६ प्रतिशत प्रगति भइ समग्रमा २४ प्रतिशत प्रगति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ